कोरोनाको कारण अमेरिकामा एक लाख भन्दा बढीको मृत्यु

admin १४ जेष्ठ २०७७, बुधबार ०४:२४
कोरोनाको कारण अमेरिकामा एक लाख भन्दा बढीको मृत्यु

अमेरिकामा कोरोना भाइरसको कारण मृत्यु हुनेको सङ्ख्या एक लाख नाघेको छ । बुधबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसको कारण एक लाख पाँच सय ७९ जनाको ज्यान गएको वर्ल्डओमिटरले जनाएको छ ।

अमेरिकामा अहिलेसम्म १७ लाख २५ हजार दुइ सय ७५ जनामा सङ्क्रमण भएको छ । सङ्क्रमितमध्ये चार लाख ७९ हजार ९ सय ६९ जना उपचारपछि निको भएका छन् । ११ लाख ४४ हजार ७२७ जना उपचार गराइरहेकोमा १७ हजार भन्दा धेरै गम्भीर बिरामी छन् ।
२ सय १३ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म विश्वका तीन लाख ५२ हजार भन्दा धेरैले ज्यान गुमाएका छन् । ५६ लाख ८१ हजारभन्दा धेरैमा सङ्क्रमण भएकोमा २४ लाख ३० हजारभन्दा धेरै उपचारपछि निको भएका छन् ।