कोरोना सङ्क्रमण संख्या भारतमा २ लाख २३ हजार भन्दा कट्यो

admin २२ जेष्ठ २०७७, बिहीबार २१:२६
कोरोना सङ्क्रमण संख्या भारतमा २ लाख २३ हजार भन्दा कट्यो

सिन्धुली ।।भारतमा कोरोना भाइरसको संक्रमणबाट ६ हजारभन्दा बढीको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा २७५ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार ३६३ पुगेको हो।
एकै दिन ९ हजार ८८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा कुल संक्रमितको संख्या २ लाख २६ हजार ७१३ पुगेको छ । संक्रमितमध्ये १ लाख ८ हजार ४५० जना संक्रमणमुक्त भएका छन् ।
कोराना भाइरस (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन पाँचौ चरण थप्दै जुन ३० सम्म पुर्‍याइएको छ । तर उक्त लकडाउन जुन १ देखि क्रमिक रूपमा खुकुलो बनाउँदै लगिएको छ ।