म प्रेम र परिभाषा

admin १८ असार २०७७, बिहीबार ११:५६
म प्रेम र परिभाषा
भनिन्छ– सबै कुरा छोडेर जे बाँकी रहन्छ त्यो नै प्रेम हो ।
यसको अर्थ जसको अन्त्य छैन त्यो नै प्रेम हो ।
प्रेम संसारका लागि सबै कुरा हो ।
दृृष्टिविहिनका लागि प्रेम आँखा हो, खुट्टा नहुनेका लागि खुट्टा हो प्रेम, दुःखीका लागि बाँच्ने आधार प्रेम हो ।
प्रेम जीवन मात्र होइन जीवनदर्शन हो ।
प्रेम आत्मा हो, प्रेम तपस्या हो, प्रेम हृदयको कोमल अनुभूति हो ।
प्रेम आत्माबाट आउने भावना हो ।
संसारको कुनै पनि विषयभन्दा प्रेम माथि हुन्छ ।
जब मानिससँग केही हुन्न तर उसँग प्रेम छ भने ऊ सबैभन्दा संसारको धनी हो ।
त्यसैले त भनेको नि प्रेम नै सबथोक हो ।
जीवन एउटा फूल हो भने प्रेम त्यसको सुगन्ध हो ।
प्रेमविनाको जीवन सुगन्धरहित फूल जस्तो मात्र हुन्छ ।
जसलाई कसैले पनि स्वीकार गर्दैन ।
न त कसैले त्यस्तो जीवनको प्रशंसा नै गर्छ ।
फूलले प्रशंसाका लागि सुगन्ध दिने होइन, तर पनि सुगन्ध दिइरहन्छ ।
विना सर्त सुवास छर्छ । प्रेम पनि त्यस्तै विना सर्त हुनुपर्छ ।
कसैले मागोस् वा नमागोस्, चाहोस् वा न चाहोस्, पे्रमको प्रवाह निरन्तर हुनुपर्छ ।
मानव जीवनबाट जुन दिन प्रेमको अन्त्य हुन्छ, त्यस दिनबाट मानव अस्तित्व समाप्त हुन्छ ।
मानवमा प्रेमको अन्त्य भएको दिन मानव हुनुको गुण सकिन्छ ।
त्यसैले प्रेम मानवताको मूल पहिचान हो ।
मानव जीवन प्रेमबाट नै सुरु हुन्छ
प्रेम किन हुन्छ र के हो प्रेम भन्ने विषयमा सदियौंदेखि खोज र अनुसन्धान हुँदै आएको छ ।
प्रेमको सार कुनै कुराप्रतिको आकर्षण मात्रै हो कि अरू केही पनि हो, भन्न बडो जटिल छ ।
प्रेम के हो ? प्रेम कसरी उत्पन्न हुन्छ ? प्रेम किन गरिन्छ ? प्रश्नहरु जति सजिला छन् उत्तरहरु त्यति सजिला छैनन् ।
निष्कर्ष ननिस्के पनि पे्रम चिन्तनमन्थनको विषय भने बन्दै आएको छ ।
प्रेममाथि माहिनौँ, वर्षौ र युगौँ चिन्तनमनन गर्न सकिन्छ, तर परिभाषाको सीमारेखाभित्र प्रेमलाई कैद गर्न सकिन्न ।
प्रेम प्रतिको बुझाइ सबैका आआफ्नै छन् ।
प्रेमको आध्यात्मिक पक्षलाई आत्मसात गर्नेहरुका लागि प्रेम भगवान हो ।
यसलाई प्राप्त गरेपछि भगवान खोज्नु पर्दैन ।
यसको गुणवत्तामा विश्वास गर्नेहरुका लागि प्रेम अनन्त अतुलनीय र अवर्णनीय छ, यस्तो कुराको परिभाषा खोज्नु नै निरर्थक छ ।
प्रेमका तीनवटा पक्षहरु छन्– वेसर्त प्रेम, प्राणी मात्रको प्रेम र विषयकेन्द्रित प्रेम ।
यीमध्ये कुन चाहिँ प्रेम उचो प्रेम हो भन्ने विषय पनि बहसको विषय छ ।
तर प्रेमको गरिमा जति उचो छ आजको मान्छेमा त्यति नै प्रेमको अभाव छ ।
त्याग समर्पण विश्वास र सम्मान को पुर्ण रुप नै प्रेम हो
मेरो बुझाइमा। जब मनैदेखि कसैलाई माया गरिएको हुन्छ बस एउटै चाँहना रहन्छ,उ खुसि भैइदियोस सँधै उसलाई मुस्कुराई रहेको देख्न सकियोस। स-सानो कुरा पनि नडराई एकअर्कालाई व्यक्त गर्न सकियोस् ,
अनि दुवैमा एक अर्काको साथ नछाड्ने अठोट होस।
जिन्दगीको आधार हो प्रेम यदि साँच्चिकै दुई सच्चा
मुटु एक भएको छन् भने कुनैपनि शक्तिले छुटाउन सक्दैन। जात धर्म धन सम्पति रुप विगतका सम्बन्ध यी सब गौण हुन्छन् । यस्ता कुराहरू वेवास्ता गर्न सकियो भने मात्रै एक सफल प्रेमी या प्रेमीका भइन्छ।
जिन्दगीमा को आए को गए त्यो महत्त्वको विषय रहेन वर्तमानमा को सँग छौ र भविष्यमा को सँग हुन्छौं यहि नै खास हुन्छ भन्ने मेरो बुझाई हो #KeepItNorMal✌️