
सरकार सन्चालन गरिरहेको ने.क.पा पार्टीभित्र निकै ठूलो बिबाद चलिरहेको छ।।
गुटवादले गर्दा आफ्नै साथिभाई बिच पनि ,त येस्तो तेरो नेता येस्तो भन्ने कुराहरु चलिरहेको देख्न सकिन्छ। युवा साथीहरु नेपाली राजनितिले कुन बेला कुन मोड लिन्छ थाहा छैन, अहिले बिबाद केपि वोलि प्रचण्ड माधव नेपाल लगाएतका नेताहरु बिच चलिरहेको हामी सबैलाई अवगत नै छ, गुटबन्दी ले गर्दा एउटै पार्टीभित्रका कार्यकर्ता बिच मनमुटाव को अवस्था आएको छ।।
नेताहरु कहिले सङ्गै मिल्छन त,कहिले एक आर्का माथी बर्सातमा गडगडाएर बर्शेर्को पानी जसरी बर्सिन्छन माथिल्लो स्थरका नेताहरुको आपसी रिस झगडामा अहिलेका युवाहरुलाई प्रत्यक्ष असर परेको मैले देखिरहेको छु। ठुला ठुला नेताहरुले एक अर्कालाई गाली गरेझै हामी युवाहरुले कोहि कसैलाई कसैको बिरुद्धमा कुनै टीका टिप्पणी नदिन आग्रह गर्दछु आज लेखेको कुराले भोलिको दिनमा ठूलो असर पर्न सक्छ ।।
आज उच्च स्तरका नेताहरु बिच मनमुटाव छ तर भोलिको दिनमा उनिहरु मिल्ने छन र आज उनिहरु नमिलेको समयमा हामी फलानो येस्तो ढिस्कानो उस्तो भनेर गाली गरिरहदा पक्कैपनी आफ्नो पछ्यका अथवा आफ्ना गुटका नेता हरुको आगाडी राम्रो भैन्छ होला तर भोलिको दिनमा उनिहरु मिलेको खन्डमा तेहि अहिले लेखेका सब्दहरुले निकै ठूलो असर पार्न सक्छ। आदरणीय युवा साथिहरु हामिलाई कसैप्रती आस्था हुन्छ हामिले आस्था राख्न पाउछौ तर एकले आर्कालाई गाली गलच गरिरहदा भोलिको दिनलाई नि ख्याल राखेर टीका टिप्पणी दिउ आउने दिनमा हामिले अहिले लेखेका सब्दले हामिलाईनै असर नगरुन यो कुरालाई ध्यानमा राखौ किनभने अहिलेका हामी युवाले भोलि देसको नेतृत्व गर्नुपर्ने छ तेसैले हामी कोहि युवाहरु गुटबन्धिको सिकारमा नपरौ । धन्यवाद 
