सिन्धुलीमा थप तीन जनामा कोरोना संक्रमण

admin १२ असार २०७७, शुक्रबार ०६:२५
सिन्धुलीमा थप तीन जनामा कोरोना संक्रमण

सिन्धुली : सिन्धुली जिल्लामा थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भएको पुष्टि भएको छ। सिन्धुली अस्पतालका अध्यक्ष प्रल्हाद पोखरेलका अनुसार कमलामाई नगरपालिका-७ र १० का एक/एक जना पुरुष र दुधौली नगरपालिका-८ घर भएका एक जना पुरुष गरी जम्मा तीन जना पुरुषमा एकै दिन कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो। संक्रमित तीनै जना भारतबाट रोजगार गुमाएर फर्किएका पुरुषहरु हुन्। उनीहरु एक साताअघि भारतबाट फएिपछि स्थानीय क्वारेन्टाइनमा बसेका थिए।

उनीहरुको प्रादेशिक अस्पताल हेटौंडामा गरिएको पिसिआर टेष्टमा कोभिड १९ पोजिटिभ देखिएको हो। योसँगै जिल्लामा कोरोना संक्रमण हुनेको संख्या ७ पुगेको छ। यसअघि चार जना पुरुषमा कोरोना संक्रमण भएकोमा तीन जना उपचारपछि निको भएर घर फर्किसकेका छन् भने एक जना आइसोलेसनमा उपचाररत छन्।

जिल्लामा शुक्रबारसम्ममा ९५ जना सरकारी क्वारेन्टाइन र ९१ जना होम क्वारेन्टाइनमा छन भने एक जना कोरोना संक्रमित आइसोलेनमा उपचाररत छन्। उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

सिन्धुलीमा ३२ वटा आइसोलेसन र ४ सय २९ वटा सरकारी क्वारेन्टाइन संचालनमा छन्

Recent Posts