सिन्धुली, दुर्घटनामा २ को मृत्यु

admin २७ जेष्ठ २०७७, मंगलवार १०:४१
सिन्धुली, दुर्घटनामा २ को मृत्यु

खाद्यान्न बोकेको जिपको ठक्कर दिँदा घ्याङलेख गाउँपालिका १ अमलेका २६ वर्षीय बलराम बम्जनको मृत्यु भएको छ ।

जिप व्याक गर्दा घाइते भएका बम्जनको सिन्धुली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको डिएसपी श्यामबहादुर केसीले जानकारी दिए । ना २ च ९३६६ नं जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै मदन भण्डारी राजमार्गअन्तर्गत हरिहरपुरगढी गाउँपालिका ३ बेलेनीमा विपरीत दिशाबाट आएको मिक्स्चर ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु भएको छ भने चालक सख्त घाइते भएका छन् ।

मोटरसाइकलमा पछाडि बस्ने स्थानीय ६० वर्षीय सन्तबहादुर राईको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक सख्त घाइते विकास बिकको काठमाडौं लगिएको छ । मिक्सचर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।