NCIT कलेजमा अध्यनरत दुई विद्यार्थीद्वारा नेपाल सरकारलाई खुला पत्र

admin ८ श्रावण २०७७, बिहीबार ०९:१०
NCIT कलेजमा अध्यनरत दुई विद्यार्थीद्वारा नेपाल सरकारलाई खुला पत्र

NCIT कलेजमा अध्यनरत दुई विद्यार्थीद्वारा नेपाल सरकारलाई खुला पत्र दिएका छन् ।

मिति- 20७७-०४-०८
नेपाल सरकार लाई खुला पत्र

सम्माननीय प्रधानमन्त्रीज्यू र माननीय शिक्षामन्त्रीज्यू

हजुरहरु यो देशलाई समृद्धि तर्फ लग्न हामी लागिरहेको छौ भनिराख्नु भएको छ। तर समृद्धितर्फ लग्ने क्रममा शिक्षा क्षेत्र र शिक्षित युवावर्गको धेरै महत्वपूर्ण भूमिका रहन्छ यो कुरा सबैलाइ अबगत नै छ। त्यसैक्रममा भनिराख्नु पर्दा नेपालकै दोस्रो ठूलो विश्वविद्यालय भनिने पोखरा विश्वविद्यालय अहिले उपकुलपति नभएर अभिभावकविहीन भएको छ भने हामी ४० हजार विद्यार्थी टुहुरा र प्रभावित भएका छौं । हामीलाई हेर्न अनाथालयका रुपमा आङ्गिक आ-आफ्ना कलेजहरु भएपनि अनाथालयका बाँकी पदाधिकारीहरु जस्तै रजिस्ट्रार, परिक्षा नियन्त्रक अन्य अन्य कोही पनि छैनन्। अहिलेको विषम महामारीका कारण हाम्रो शैक्षिक क्षेत्र र परीक्षा चार महिनादेखि अस्तव्यस्त छ यसैक्रममा बाँकी विश्वविद्यालयहरूले अब विद्यार्थीको मानसिक तथा स्वास्थ्य अवस्थाको विचार नगरेर परीक्षा लिने अपरिपूरक निर्णय लिएको छ भने पोखरा विश्वविद्यालय कानमा तेल हालेर सुतेको हुँदा कुलपति र सहकुलपती ज्यू पोखरा विश्वविद्यालयलाई उपकुलपति लगायत अन्य सम्पूर्ण पदाधिकारीहरु नियुक्त गर्दा राजनीतिक भागबन्डाको खेल बन्द गरी चाँडोभन्दा चाँडो सम्पूर्ण पदाधिकारी नियुक्त गरी विद्यार्थीहरूको भविष्य उज्ज्वल पार्न सहयोग गरिदिनु हुन अनुरोध गर्दछौं।

टिकेश भट्

अनुप पाण्डे

नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोज

Recent Posts